हिरासतमा रहेका सशस्त्र प्रहरीद्वारा आत्महत्या
दाङ | कात्तिक १२, २०८१
बलात्कार आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।
वडा प्रहरी कार्यालय घोराहीको नियन्त्रणमा रहेका प्युठान सरुमारानी गाउँपालिका–४ घर भई ज्वालामाई गण भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले झुन्डिएर आत्महत्या गरेका हुन ।
वडा प्रहरी कार्यालय घोराहीको शौचालयको झ्यालमा प्रयोग गरिएको फलामको रडमा आफूले लगाएको स्याण्डो र टिसर्टले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए ।
प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार सोमवार बिहान करिब पाँच बजेतिर शौचालय गएको र लामो समयसम्म नफर्किएपछि ढोका खोलेर हेर्दा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
गत असोज २४ मा भलुबाङका १४ र ८ वर्षीय दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङस्थित शस्त्र प्रहरी बल ज्वाला माई गणका दुई प्रहरी नियन्त्रणमा थिए । आरोपित अर्का एक जना हिरासतमै छन् ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

